सहिमाको संसारमा रमाउँदै सुप्रिया र सन्दीप


ग्ल्यामर नेपाल, काठमाडौं। नेपाली सुगम संगीतका भर्सटाइल गायक राजेशपायल राई र संगीत क्षेत्रमा संघर्षरत गायिका साहिमा श्रेष्ठको स्वरमा सजिएको ‘यो संसार बनेको लाग्छ तिम्रो लागी…’ बोलको गीतको म्युजिक भिडियोको छायाँकन भएको छ।

sahima-shrestha

Sahima Shrestha and Rajesh Payal Rai

युवा म्युजिक भिडियो निर्देशक समन अधिकारीले निर्देशन गरेको भिडियोमा सुप्रिया कटवाल र सन्दीप नेउपानेको अभिनय रहेको छ। यो गीत गायिका श्रेष्ठको दोस्रो एल्बम ‘मस्ती’ मा समेटिएको छ भने एल्बमको शीर्ष गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भईसकेको छ। जसमा नायक जीवन लुँइटेलले अभिनय गरेका थिए।

sahima-shrestha-music-video

Supriya Katuwal and Sandip Neupane

किरण केसी‘क्रोधी’को शब्द र चण्डीप्रसाद काफ्लेको संगीतमा गीत तयार भएको हो। चाँडै बजारमा आउने तयारी भईरहेको भिडियोका छाँयाकार नितीन चन्द हुन्।

SUBSCRIBE 👉