किन आजकल तिम्रो मन मैलो भो… ? ‘म एस्तो गीत गाउँछु’को रमाईलो भिडियो गीत


असार ३० गतेबाट अल नेपाल रिलिज हुने, सर्वाधिक चर्चामा रहेको बर्षकै प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउछु’को एकपछि अर्को प्रचार सामाग्रीले दर्शकको मन लोभ्याइरहेका छन्। चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो हिट भएपछि अडियो जुकबक्स रिलिज गरिएको थियो। त्यसपछि, चलचित्रको ट्रेलर रिलिज गरियो, जुन सर्वाधिक चर्चित छ।

चलचित्रमा समावेश दोश्रो गीत ‘किन आजकल तिम्रो मन’ बोलको गीतको भिडियो पनि रिलिज गरिएको छ। अडियोमा हिट भैसकेको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्धय पूजा शर्मा र पल शाहलाई फिचरिङ गरिएको छ।

गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले विभिन्न जातजातीको भेषभुषालाई समेत समावेश गरेका छन्। अर्जुन पोखरेलको संगीत र स्वर रहेको यो गीतमा अम्बिका शर्माको शब्द छ। सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा संजय लामाको छायांकन, प्रितम पाण्डेको सम्पादन छ। चलचित्रमा सुदर्शन र पूजाको लगानी छ।

चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङको अभिनय छ। सुदर्शन र दिनेश न्यौपानेले चलचित्रको पटकथा तथा संवाद लेखेका हुन्। यो गीतको भिडियो सार्वजनिक भएपछि चलचित्रको चर्चा अझ बढ्ने पक्का छ।

SUBSCRIBE 👉