पार्कर लिम्बुको रोमान्टिक म्युजिक भिडियो – सागरको गहिराईमा


पानी पर्यो असिना झर्यो, चुम्बक, तिम्रो आँखामा, जस्ता गीतका म्युजिक भिडियो निर्देशन गरेर चर्चामा आएका निर्देशक सागर राजको निर्देशनमा अर्को म्युजिक भिडियो बाहिरिएको छ। ‘सागरको गहिराईमा…’ बोलको म्युजिक भिडियोमा निर्देशकले पप गायक पार्कर लिम्बुलाई सामँन्य व्यक्ति झैं फिचर गरेका छन्। जबकि यी गायक आँखा देख्न सक्दैनन्। दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आँखा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको छैन।

‘सागरको गहिराईमा…’ म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

पार्करको यो म्युजिक भिडियोमा युवापुस्ताको खुशीको क्ष्ँणलाई चित्रण गरिएको छ, जसमा जीत, कृपा, युम्मी तथा अञ्जलीले अभिनय गरेका छन्। गायक पार्करले यसअघि गाएको ‘समय…’ गीतको म्युजिक भिडियो दर्शकले मन पराका थिए। उक्त भिडियोलाई पनि सागरले नै निर्देशन गरेका थिए।

गायक राई विगत केही वर्षदेखि बेलायतमा बसोबास गर्छन्। उनी बेलायतको एउटा रेडियो स्टेशनमा रेडियो जक्कीको रुपमा सक्रिय छन्।

रोमान्टिक, पप शैलीमा आधारित यो गीतको संगीत संयोजन देवेन्द्र नेवारले गरेका हुन्। भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन छ।

SUBSCRIBE 👉