ह्याट्रिक गर्दै सम्राज्ञी । किन पर्यो उनलाई पीर?


चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्मी बजारमा झुल्किएकी साम्राज्ञी राज्य लक्ष्मी शाह एउटै चलचित्रबाट अभिनयमा स्थापित भइन्। यी हिरोईनले २०७४ मा ह्याट्रिक गर्दैछिन् , अर्थात् यो वर्ष उनको अभिनय रहेको तीन चलचित्रहरु दर्शकमाझ आउँदैछन् – तिमीसँग, ए मेरो हजुर र मंगलम। हालै मात्र उनि अर्को चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा समेत अनुबन्धित भई सकेकी छिन्। बेलायतमा छायांकन हुने यो चलचित्रले आफ्नो करियरलाई उचाइ प्रदान गर्ने कुरामा साम्राज्ञी आशावादी छिन्। तर चलचित्र ‘तिमि सँग’ र ‘ए मेरो हजुर’ को प्रदर्शन मितिको फरक १ हप्ता मात्र फरक पर्नुले अहिले उनको तनाव बढेको छ।

चलचित्र ‘ए मेरो हजुर २’ ले भदौ १६ गतेलाई प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको बेला अर्को चलचित्र ‘तिमी सँग’ को रिलिज मिति तोकिएपछि सम्राज्ञी समस्यामा परेकी हुन्। चलचित्र ‘तिमी सँग’ को रिलिज मिति ‘ए मेरो हजुर २’ को भन्दा ठ्याक्कै एक हप्ता अघि अर्थात् भदौ ९ गते तय भएको छ।

एक साताको अन्तरालमा नै एकै कलाकार, त्यो पनि अहिलेको हिट लिस्टमा रहेकी हिरोईनले अभिनय गरेको चलचित्रहरु प्रदर्शनमा आउँदा चलचित्र निर्माताहरुलाई फाईदा होला नहोला चलचित्र रिलिज पछि नै थाहा हुनेछ। दुवै चलचित्रले राम्रै ब्यबशाय गरे त ठिकै होला तर कलाकारलाई चाहिँ पक्कै पनि अफ्टेरोमा पार्नेछ। किनकि दुवै चलचित्रको प्रमोशन एकै कलाकार देखिंदा दर्शकहरु दोधारमा पर्न सक्छन र दर्शकको अपेक्षा पुरा नहुन सक्छ। यसो हुँदा कलाकारको करिअरमा असर पर्छ।

साम्राज्ञी जस्ती सम्भावना बोकेकी हिरोईनको चलचित्र एक साताको अन्तरालमा रिलिज मिति तय हुनु निर्माता तथा वितरकहरुको ठुलोभूल भएको फिल्म बजारमा चर्चा चलेको छ। एक साताको अन्तरालमा सम्राज्ञी अभिनित चलचित्रहरु रिलिज हुँदा सम्राज्ञीको फिल्मी करिअर उकासिएला त ? के उनि अभिनित दुवै चलचित्रले राम्रो व्यापार गर्न सफल होला त ? यस्तै यस्तै जिज्ञासाहरु उब्जिएको छ एतिबेला। सम्राज्ञी अभिनित यी २ चलचित्रहरु एक साताको फरकमा रिलिज हुनुलाई कसरि लिनु हुन्छ तपाई ? कृपया आफ्नो विचार कमेन्ट बक्समा पोस्ट गर्नु होला।

SUBSCRIBE 👉