प्रेम पिडा: सम्पदा बानियाँ र निराजन प्रधान अभिनित म्युजिक भिडियो


सम्पदा बानियाँ र निराजन प्रधानलाई फिचरिङ्ग गर्दै गायक युवराज कंडेलको निकै मार्मिक गीतको भिडियो रिलिज भएको छ। युवराजको स्वरमा रहेको “आज भोलि” बोलको गीतको म्युजिक भिडियोमा सामाजिक वास्तविक घटना देखाउन खोजिएको छ। आफ्नो श्रीमती आफ्नै साथीको मायाजालमा पर्दा श्रीमानको पिडा यस भिडियो मार्फत देखाउन खोजिएको छ।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सुमन प्याकुरेल संगीत तथा सुमन कार्कीको शब्द रहेको यस गीतमा बालकलाकार सगुन केसी र देवको समेत अभिनय रहेको छ। भिडियोलाई गायक तथा निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉