‘हाऊ फन्नी’ फिल्मकी निर्देशक निलु डोमा शेर्पाको निधन


नेपाली चलचित्र ‘हाउ फन्नी’की निर्देशक निलु डोमाको निधन भएको छ। काठमाण्डौ, बालुवाटार स्थित आफ्नै निवासमा उनलाई हृदयघात भएको बताईएको छ। हृदयघात पछि उनलाई टिचिङ अस्पताल लगिएको थियो। हृदयघातका कारण निधन भएको खबर सार्वजनिक भएपनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

Nilu Doma Sherpa

Nilu Doma Sherpa | Image Source: streetnepal.com

लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त निलुको डेब्यु निर्देशन रहेको ‘हाउ फन्नी’ गत वर्ष रिलिज भएको थियो। दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई माल्भिका सुब्बाले निर्माण गरेकी थिइन्। भारतको एसियन फिल्म एकेडेमीबाट फिल्म पढेर आएकी निलुका केही सर्ट फिल्महरु रुचाइएका छन्। जसमध्ये ‘कागज’ एक हो।

दस वर्षदेखि फिल्मक्षेत्रमा सक्रिय निलुले ‘पुन्टे परेड’ नामक फिल्ममा अभिनयसमेत गरेकी थिइन्। केही समय टेलिभिजनमा कार्यक्रमसमेत चलाउने उनी नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा रहेकी थिइन्।

SUBSCRIBE 👉