शोभितको ‘बाबुकान्छा’ मङ्सिर १५ गतेबाट प्रदर्शनमा आउने


छायांकनमा रहेको चलचित्र ‘बाबुकान्छा’ को रिलिज मिति तय गरिएको छ। यो चलचित्र मङ्सिर १५ गते बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रका निर्देशक शोभित बस्नेतले चलचित्रको पहिलो पोस्टर रिलिज गर्दै चलचित्र मङ्सिर १५ गते रिलिज गर्ने जानकारी दिएका छन्।

शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रको करिब सत्तरी प्रतिशत छायांकन सकिएको छ भने चलचित्रका नायक सलोन बस्नेत अवार्डको लागि लन्डन गएको हुनाले अहिले चलचित्रको छायांकन रोकिएको छ। सलोन लन्डन बाट फर्किए लगतै चलचित्रको बाकी छायांकन हुनुको साथै चलचित्रको गीत छायांकन गर्न युनिट साउनको द्रोस्रो हप्ता दुबई पुग्नेछ।

यसरि शुरु गरिएको थियो – ‘बाबुकान्छा’को शुरुवात भिडियो हेर्नुहोस्

‘बाबुकान्छा’मा सलोनको साथमा करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, गायिका मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय छ । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै छन्।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको यो चलचित्रमा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा कविराज गहतराज र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ। चलचित्रमा टंक बुढाथोकी र अल्मोडाको संगीत छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’ लाई रिमिक्स गरेका छन्।

SUBSCRIBE 👉