जवानी टल्काउदै निश्चल र आसिफ ? हेर्नुहोस् ‘२ रुपैयाँ’को नयाँ गीत ‘टल्क्यो जवानी’


चलचित्रको ‘कुटुमा कुटु सुपारी दाना’ गीतबाट चौतर्फी वाहवाही बटुलेको चलचित्र ‘२ रुपैयाँ’को नयाँ क्लब गीत ‘टल्क्यो जवानी’ रिलिज भएको छ। क्लब गीतका रूपमा चित्रित गरिएको यो गीतमा चलचित्रका प्रमुख कलकारहरू आशिफ शाह र निश्‍चल बस्‍नेतका साथै मिस तामाङ २०१२ सुमी मोक्तान फिचर भएकी छिन्।

चलचित्र ‘२ रुपैयाँ’को नयाँ क्लब गीत ‘टल्क्यो जवानी’ हेर्न यहाँ क्लिक गर्नुहोस्

आशिफ र निश्चल रहेको यो गीतमा गायिका मीना निरौला साथ दिएकी छिन्। गीतका सङ्गीतकार रोशन थापा हुन् भने गीतको रचना एकतारे र सुरज शाही ठकुरीले गरेका हुन्। गीतको संगीत संयोजन राजन ईशानले गरेका हुन्।

हरि हुमागाईँले खिचेको यो गीतको सम्पादक लोकेश बज्राचार्य हुन। असिम शाहको निर्देशनमा निर्माण भएको फिल्मको यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।

SUBSCRIBE 👉