काठमाडौंमा ‘स्पाइडरम्यान’ प्रिमियर । रेडकार्पेटमा नेपाली सेलेव्रिटी । फोटो फिचर


हलिउड फिल्म स्पाइडरम्यान: होम कमिङको नेपाल रेडकार्पेट प्रिमियर विहिबार भयो। नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले क्यूएफएक्स लबिम मलमा प्रिमियर गरेको हो। स्पाइडरम्यानको रेडकार्पेट प्रिमियरमा नीर शाह, मनिषा कोइराला, नम्रता श्रेष्ठ, निशा अधिकारी, शरद भेषवाकर, सुशिल श्रेष्ठ, परमिता राणा, मीनबहादुर भाम, सिपोरा गुरुङ, कर्म, सौरभ ज्योति, सुरज बैद्यदेखि कर्पोरेट क्षेत्रका व्यक्तित्वहरुको समेत उपस्थिती थियो।

रेडकार्पेटमा आयोजित न्यूज कन्फ्रेन्समा सेलेब्सहरुले केही कुराहरु खुलाए। आमासँगै आइपुगेकी मनिषाले चाँडै आफू एउटा नेपाली फिल्म निर्माणमा जुटेको बताइन्। हलिउडका सुपरहिरो फिल्मको आफू सानैदेखि क्रेजी रहेको मनिषा भनाई छ।

विहेपछि निशा र शरदकालागि स्पाइडरम्यान पहिलो फिल्म हो। यो जोडी कार्यक्रममा आकर्षण बन्यो। नम्रता श्रेष्ठ आफ्नो प्रेमी दावा स्टेभन शेर्पासँगै आएकी थिइन्।

क्यूएफएक्स प्रमुख नकिम उद्दिनले जयनेपाल हल सुरुसँगै स्पाइडरम्यान रिलिज भएकाले यो सिक्वेलसँग आफ्नो कम्पनीको भावनात्मक सम्बन्ध प्रगाढ रहेको बताए। आफू स्वदेशीसँगै विदेशी बजारको प्रवद्र्धनको पक्षमा रहेको बताउँदै उनले क्यूएफएक्स बजार र फिल्मको गुणस्तर दुबै सुधारमा सक्रिय हुने बताए।

लामो समयदेखि हलिउड सिनेमाको वितरणमा सक्रिय एप्पल इन्टरटेनमेन्टले यसअघि लोगन र बोस बेबी प्रिमियर सम्पन्न गरेको छ।

SUBSCRIBE 👉