इलमको रेड मनसुनसँग दमदार र अकाल भिड्दै


red-mansoon-nepali-movie
ग्ल्यामर नेपाल, काठमाडौं। रंगकर्ममा सक्रिय रंगकर्मी इलम दिक्षितको डेव्यु निर्देशन रहेको फिल्म ‘रेड मनसुन’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। फिल्म र टेलिफिल्म तथा नाटक निर्देशन गर्दै आएका दिक्षित पहिलोपटक फिल्म निर्देशनमा लागेका हुन्।

काठमाडौं उपत्यकाको समाज भित्रका विद्यमान नयाँ नेपाली पुस्ताको संघर्षशील पात्रहरुको बास्तविक कथा बोकेको यो फिल्मलाई दर्शकले रुचाउनेमा आफु विश्वस्त रहेको निर्देशक दिक्षितले बताएका छन्। इलमले ४ वर्ष अघि अमेरिकोको न्युयोर्कस्थित सारा लरेन्स कलेजबाट अभिनय तथा निर्देशनमा स्नातक गरेका थिए। करुणा शर्माको ‘शरण’ शिर्षकको छोटो कथालाई चलचित्रमा रुपान्तरण गरी दिक्षीतले फिल्म बनाएका हुन्।

रेड मनसुन को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस

कोष्टारिकामा सम्पन्न ‘सानजुआन फिल्म फेस्टिभल (२०१३)’, ‘मुम्बई फिल्म फेस्टिभल (२०१३)’ र ‘काठमाडौं ईन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (२०१३)’ मा प्रर्दशन भइसकेको यो फिल्म पपकर्न पिक्चरले वितरणको जिम्मा लिएको छ। २०१० देखि र २०१२ सम्म दिक्षितले ओथेल्लो, अ भिउफ्रम द ब्रिज, द ग्लास मनेजरी, एक्जिट द किङ, अ स्ट्रिटकार नेम्ड डिजायर जस्ता नाटकहरुमा निर्देशन र अभिनय गरेका छन्।

रेड मनसुन कलाकार सृष्टि घिमिरेको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्ममा हिमाली दिक्षित,सन्दीप क्षेत्री, सरिता गिरी, सृष्टि घिमिरे, सुदाम सीके र वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यको अभिनय रहेको छ। अजय उपाध्याय र रुथ मोई निर्माता तथा अमेरिकी फिल्मकर्मी डग्लस म्याकहुग क्रियटिभ प्रोड्युसरको रुपमा रहेको फिल्ममा करुणा शर्माको कथा, निर्देशक स्वयंमको पटकथा संवाद र सम्पादन रहेको छ। फिल्ममा लोचन रिजालको संगीत रहेको छ।

यो फिल्मसँगै निर्देशक कमलकृष्णको दमदार र निर शाहको अकाल पनि प्रदर्शन हुँदैछन्। दमदारमा नायिका रेखा थापा र सबिन श्रेष्ठ तथा अकालमा राजेश हमाल र नायिका रेखाकै प्रमुख भूमिका रहेको छ।

दमदारको ट्रेलर तथा गीत हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉