पल र पुजालाई ‘म यस्तो गीत गाउँछु’को भर!


नायक पल शाहले पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’बाट डेब्यू नायकको विधामा केही अवार्ड जितेका छन्। उनी प्रतिस्पर्धात्मक दुनियाँमा दौडिरहेका छन्। उनको पछिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’ असार ३० गतेबाट रिलिज हुँदैछ। यो चलचित्र रिलिज सँगै पलले आउँदो बर्ष हुने फिल्म अवार्डहरुमा उत्कृष्ट नायकको विधामा प्रतिस्पर्धा गर्नुपर्नेछ।

पल र पुजाको प्रेममा कसको अवरोध ?

यता, नायिका पूजा शर्मा यही चलचित्रबाट निर्मात्री पनि बनेकी छिन्। निर्मात्री बनेपछि पूजाको दौडधुप दोहोरो छ। एकातिर, चलचित्र व्यापारिक रुपमा सफल हुनुपर्नेछ भने अर्कोतिर पूजा नायिकाको रुपमा पनि सफल हुनुपर्नेछ। यसैले पनि पल र पूजा ‘म यस्तो गीत गाउँछु’ आफूहरुका लागि करिअरकै चलचित्र भएको बताउँछन्।

भिडियो: मुस्ताङ्गको चिसोमा पल र पुजाको हट रोमान्स

यो चलचित्रले राम्रो व्यापार गरेको खण्डमा पल र पूजाको डिमाण्ड नेपाली चलचित्र बजारमा चर्को हुने पक्का छ। यो चलचित्र चल्नुपर्ने कारण के त, पूजा भन्छिन् -‘यो चलचित्रको कथा उत्कृष्ट भएकाले नै हामीले फाइनल गरेका हौ। चलचित्रको गीत, कलाकार, प्रस्तुती सबै उत्कृष्ट छ।’ ‘चलचित्रका गीतसंगीत हिट भैसकेका छन्। लभस्टोरी चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितेको छ। यसैले, पनि करिअर सँग जोडिएको चलचित्रले दर्शकको मन जित्ने र व्यापारिक रुपमा सफल हुने पल र पूजाको विश्वास छ।

भिडियो: किन आजकल तिम्रो मन मैलो भो… ?

यता, नायक पल शाह चलचित्र चल्नुपर्ने कारणबारे भन्छन् -‘पहिलो कुरा त यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नुभएको हो। लभस्टोरी चलचित्रमा सुदर्शन थापाको आफ्नै विशेषता छ। साथमा, यसको कथावस्तु, गीतसंगीत पनि दर्शकको मन छुने खालको छ।

पोस्टरमा हेर्नुहोस् पल र पुजाको प्रेम

SUBSCRIBE 👉