अमेरिकामा जीवनले पाए चोखो माया!


नेपाली चलचित्रका नायक जीवन लुइटेल आजकल नेपाल भन्दा बढी अमेरिकामा नै बसोबास गर्दै आएका छन्। अमेरिकामा रहेको समयमा जीवनले म्यूजिक भिडियोमा पनि मोडलिङ गर्दै आएका छन्। उनै, जीवनलाई निर्देशक श्याम भट्टराइले एक म्यूजिक भिडियोमा मोडलिङ गराएका छन्।

‘चोखो छ माया’ बोलको गीतको भिडियोमा जीवन सँग अमेरिकामा नै बस्दै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन्। भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ। हिराले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो। उनले, आफू अब निरन्तर कलाकारितामा लाग्ने सोच बनाएकी छिन्।

एक यूवतीले एक यूवकप्रति देखाएको चोखो मायाको भावलाई व्यक्त गरिएको यो गीतमा आस्था राउतको स्वर, हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायको शब्द छ। भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ।

चोखो छ माया… म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉