प्रचार-प्रसारलाई तिब्रता दिदै ‘भुइँ मान्छे’ले गर्यो विद्यार्थीहरुसंग अन्तरक्रिया


हनुमान ढोका दरबार क्षेत्रमा युथकर्नर तथा काठमाण्डौ खेल मण्डलद्वारा संयुक्त रुपमा आयोजित विधालय स्तरीय वृहत चित्रकला प्रतियोगितामा भाग लिन आएका विधार्थीहरुसंग फिल्म ‘भुइँ मान्छे’ युनिटले अन्तरक्रिया गरेको छ।

फिल्म ‘भुइँ मान्छे’ को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्मको तर्फबाट निर्माता रोहिणी भट्टराई, निर्देशक नवराज बुढाथोकी संगै कलाकारहरु रमेश बुढाथोकी , सिपोरा गुरुङ र सानु ताम्राकारले अन्तरक्रिया गरेका थिए। शव चिर्ने मान्छेको मनोविज्ञानमा आधारित यस फिल्मको बारेमा निर्देशक नवराजले जानकारी दिए। सिपोराले पनि आफुलाई विषयवस्तु मन परेकोले अभिनय गरेको बताउनुका साथै फिल्मले विधार्थीलाई पनि केहि ज्ञान दिने बताईन।

रिलिज मिति तय गरेपछि फिल्म ‘भुइँ मान्छे’ युनिट आफ्नो प्रचार-प्रसारलाई तिब्रता दिईरहेको छ। भाद्र २ मा रिलिज हुने यो फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापति, बादल भट्ट, सशांक बोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय छ। यो फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा र हरि यादव लगायतले मिलेर निर्माण गरेको हो।

यो पनि हेर्नुहोस्

सिपोराको एक्शन र रमेशको जिवन्त अभिनय

‘जिन्दगि एउटा गीत हो…’ भिडियो गीत

सिपोरा गुरुङ्गको प्रेममा रमेश बुढाथोकी

SUBSCRIBE 👉