आना र आशिरमानको बढ्दो प्रेम: अजम्बरी पिरती


चलचित्र ‘ग्याङस्टर ब्लुज’को मुख्य पात्र आशिरमान जोशी र आना शर्माको बढ्दो प्रेमलाई फ़िचरिङ्ग गरिएको भिडियो गीत रिलिज भएको छ। यसअघि रिलिज गरिएको ट्रेलरबाट चर्चामा आएको यो जोडी गीतमा झनै रोमान्टिक देखिएका छन्।

‘अजम्बरी लाउला पिरती …’ बोलको गीतमा सविन एकतारेको शब्द, काली प्रसाद बास्कोटा संगीत र काली प्रसाद सँग गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।

‘अजम्बरी लाउला पिरती…’ भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्। हेमराज विसीले निर्देशन गरेको यो चलचित्रले ग्याङस्टरको कथा बोल्छ। चलचित्रमा आशिरमान जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, अनुपम शाह, प्रमोद अग्रहरी लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

‘ग्याङस्टर ब्लुज’ ट्रेलर हेर्नुहोस् : आशिरमान र आनाको रोमान्स अनि एक्शन

SUBSCRIBE 👉