नर्स पेशाकी रेणुका थापाको डान्सिङ्ग भिडियो गीत – ‘तिम्रो मायामा…’


अभिवाबकको सपना पुरागर्न नर्सिङ्ग पढिन् र नर्स बनिन्, पेशाले उनि एक नर्स हुन्। तर उनको भित्रि चाहना पनि थियो – गायिका बन्नु। उनि अर्थात् रेणुका थापा। सानै उमेर देखि नै गीत, संगीत तथा शब्द रचनामा रुचि भएकी रेणुका यतिबेला गीत सङ्गीतलाई समय दिइरहेकी छिन्।

तीन वर्षदेखि गीत-संगीत सिक्दै आएकी रेणुको डान्सिङ प्याटर्नमा क्लव फ्लेभरको गीत ‘तिम्रो मायामा…’ को भिडियो रिलिज भएको छ। डान्स पारखीहरुकालागी पनि यो गीत उपयुक्त उनको यो गीतलाई क्लवका डिजेहरुले समेत मन पराउन थालेका छन्।

रेणुकाको ‘तिम्रो मायामा…’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो गीतमा शब्द, सङ्गीत पनि रेणुको नै छ। हिस्सिपरेकी काली वर्णकी सुन्दरी यी गायिकाले नै गीतको भिडियोमा मोडलिङ्ग समेत गरेकी छिन्। भिडियोमा उनलाई गौरवजङ्ग राणाले साथ दिएका छन्। गम्भीर विष्टको निर्देशनमा तयार भएको यो भिडियोमा पवन गौतमको छायाङ्कन र नविन निरौलाको सम्पादन छ।

SUBSCRIBE 👉