‘मोडल हन्ट नेपाल २०१७’ कालागि ७० प्रतियोगी छानिए


‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छानिएका छन्। राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन्। बिगत ३ बर्षदेखि नियमित रुपमा यो प्रतियोगीता आयोजना हुँदै आएको छ।

प्रारम्भिक चरणको अडिसनबाट छानिएका प्रतियोगीहरु अब अन्तिम स्पर्धाका लागि ६ गते देखि नियमित प्रशिक्षणमा जुट्ने छन्। युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न यो प्रतियोगीता लाभदायक हुने भनाई आयोजक संस्था नेक्स्ट मोडल्सको छ। प्रतियोगीहरुलाई अन्तिम स्पर्धाकोलागी व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्फ़रमेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण दिइने छ।

प्रतियोगीमा भारतका कोरियोग्राफर मिलन एच.आर राइको बिषेश प्रशिक्षण र रोजिन शाक्यको कोरियोग्राफी रहनेछ। एच.आर यसैबर्षदेखि प्रतियोगीतामा जोडिएका हुन्।

प्रतियोगीताको बिजेताले नगद रु १ लाख र अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वल्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर साथै म्युजिक भिडियो र बिज्ञापन चलचित्र अभिनय अवसर पाउने बताईएको छ।

SUBSCRIBE 👉