सदिक्षाको चोली छोटो हुँदा अनिल र सुनिललाई के भो ?


गायिका तथा गीतकार सदिक्षा सेजुवालको नेपाली डान्सिङ् गीत ‘छोटो छोटो’ को अडियो तथा भिडियो, राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै लोकार्पण गरिएको छ। ‘छोटो छोटो’ गीतमा शंकर थापा ‘स्माईल’को संगीत रहेको छ भने शब्द तथा स्वर सदिक्षाको रहेको छ।

अडियो-भिडियो सार्वजनिक गर्दै गायिका सेजुवालले सोचेभन्दा राम्रो भिडियो बनेको बताएकी छिन्। उनले पहिलोपटक मोडलिङ् गर्दा शुरुमा गाह्रो भएतापनि टीम राम्रो हुँदा सहज भएको बताईन्। नेपाली ठिटोजका सुनिल क्षेत्रीले मोडल अनिल थापासँग काम गर्न पाउँदा खुशी लागेको बताए। निर्देशक विकास सुवेदीले लामो समयदेखी यो टीमसँग काम गर्न पाउँदा खुशी व्यक्त गरे।

सदिक्षाको डान्सिङ् गीत ‘छोटो छोटो’ हेर्न यहाँ क्लिक गर्नुहोस्

विकाश सुवेदी निर्देशित भिडियोमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री तथा नेपाली ठिटोज् ग्रूपका सदस्यहरुको अभिनय छ। अनिल के. मानन्धरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

SUBSCRIBE 👉