शिव परियारको अवाजमा फिल्म ‘भुइँ मान्छे’ को स्याड गीत रिलिज


भदौ २ गतेबाट रिलिज हुने फिल्म ‘भुइँ मान्छे’ को नयाँ भिडियो गीत बाहिरिएको छ। ‘पर्दा भो…’ बोलको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु रमेश बुढाथोकी, सिपोरा गुरुङ र सहिन प्रजापतिलाई हेर्न सकिन्छ। फिल्म रिलिजकालागि केहि सातामात्र बाँकी रहदा फिल्म युनिटले दोस्रो गीत सार्वजनिक गरेको हो।

गायक शिव परियारको सुन्न सकिने यो गीतमा महेश पौड्यालको शब्द र जुगल डंगोलको संगीत छ। नवराज बुढाथोकीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मीथापा, हरि यादव लगायतले निर्माण गरेका हुन।

फिल्म ‘भुइँ मान्छे’ को ‘पर्दा भो…’ भिडियो गीत हेर्नुहोस्

SUBSCRIBE 👉