प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७ कालागी टिम नेपाल


Anjasha Rijal competing at Little Miss Princess International category while Ankit Tiwari and Yozana Ghale would be respectively representing at Mister Teen Prince and Miss Teen Princess International 2017

बालबालिका र टिनएजर युवतीहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७’ लागि टिम नेपाल तयार भएको छ। थाइल्याण्डको चियाङमई आउँदो जुलाई २६ देखि ३१ तारिख सम्म संचालन सो प्रतियोगिता लागि अन्जशा रिजाल, अंकित तिवारी र योजना घलेले प्रतिनिधित्व गर्ने भएका छन्।

अन्जशाले प्रतियोगिताको लिटिल मिस इन्टरनेसनल विधाका लागि प्रतिनिधित्व गर्दैछन् भने अंकित र योजना क्रमशः मिष्टर इन्टरनेसनल टिन प्रिन्स र मिस इन्टरनेसल टिन प्रिन्सेस् विधामा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन्। उनीहरु तीनै जना आउँदो मंगलबार थाइल्याण्ड प्रस्थान गर्दैछन्।

सो प्रतियोगिताकाले लागि अन्जसा र अंकितको चयन प्रक्रिया र संयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो। लिटिल मिस विधामा सहभागि हुने १२ वर्षिया अन्जशा रिजाल द एक्सेलसियर स्कूलकी छात्रा हुन्। ५ फिट दुई उँचाईकी अन्जशा राजधानी सम्पन्न लिटिल प्रिन्स एण्ड प्रिन्सेस् २०१६ प्रतिस्पर्धाकी लिटिल प्रिन्सेस् उपाधि विजेता हुन्। अभिनय, नृत्य, उपन्यास अध्ययन, फोटोग्राफीमा रुचि राख्ने अन्जशा भविष्यमा मोडल एवं अभिनेत्री हुन चाहन्छिन्। अन्जशाले लिटिल मिस प्रिन्सेस् इन्टरनेसनल प्रतियोगिताका लागि ट्यालेन्ट राउन्डका लागि स्वजन रघुवंशीबाट मौलिक नेपाली नृत्यको तयारी गरेकी छिन्। उनका लागि प्रतियोगिताको वार्डरोब पेज थ्रीले संयोजन गरेको छ।

मिष्टर टिन प्रिन्सेस् इन्टरनेसनलका लागि नेपाली सहभागि १६ वर्षिय अंकित तिवारी पाँच फिट ६ इन्च अग्ला छन्। उनलाई मोडलिङ, नयाँ नयाँ कुरा अनुभव गर्न मनपर्छ भने उनले मोडलिङ क्षेत्रमा पनि केही अनुभव हासिल गरिसकेका छन्। फेसन कोरियोग्राफरका रुपमा पनि पाइला चालिसकेका अंकित होटल म्यानेज्मेन्टका विद्यार्थी हुन्।

मिस टिन प्रिन्सेस् इन्टरनेसनलका लागि नेपाली प्रतिनिधि १९ वर्षिया योजना घलेको शारारिक उँचाई पाँच फिट तीन इन्च रहेको छ। चितवन निवासी योजना मिस टिन चितवन प्रतियोगितामा पब्लिक च्वाइस र वेष्ट स्माइलको अवार्ड विजेता हुन्। उनले मिस ग्राण्ड नेपाल २०१६ का पनि सहभागि रहिसकेकी योजनाले चितवनमा हालै सम्पन्न मिस एसईइ चितवनको कोरियोग्राफी गरेकी हुन्। तीनै जना नेपाली प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र आवश्यक ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेका छन्। उल्लेखित अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम नेपालको प्रतिनिधित्वको व्यवस्थापन ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले गरेको हो।

SUBSCRIBE 👉