अमेरिकाको एरिजोनामा कल्पना ढाका बुटिक


Kalpana dhaka boutique in USA

मिहिनेत र संघर्षपछि अवश्य फल पाइन्छ। हो, कल्पना योङहाङ यसैको एक उदाहरण हुन्। जो हाते तानबाट बुनेको नेपाली परम्परगत ढाका कपडा तथा पहिरनको सन्दर्भको लामो समय मिहिनेत र संघर्षपछि ढाकाविद्समेत एक सफल महिला उद्यमी बन्न सफल भएकी छन्। उनै ढाकाविद् तथा फेसन डिजाइनर कल्पनाले आफ्नो ढाका उद्योग ‘द हाइल्याड आर्ट’मार्फत ढाका कपडा एवं पहिरनको विश्वव्यापीकरण गर्ने अभियानअन्र्तगत अमेरिकाको एरिजोना सिटीमा ढाका शोरुम स्थापना गर्न सफल भएकी छन्।

केही साताअघि ढाका प्रवद्र्धनकै क्रममा अमेरिका पुगेकी कल्पनाले ‘द हाइल्याण्ड आर्ट’अन्तर्गत नै ‘कल्पना ढाका बुटिक’को शोरुम अमेरिकाको एरिजोन सिटीस्थित ‘टक्सन मल’मा खोलेकी हुन्। एरिजोनामा शोरुम स्थापनासँगै कल्पना ढाका बुटिक अब अनलाइनमा पनि आएको छ।अनलाइन मार्फत विश्वका कुनै पनि कुनाबाट ढाका कपडा तथा पहिरन आफूले चाहेजस्तै अर्डर गर्न सकिने कल्पनाले बताइन्।

कल्पनालाई टक्सनमा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनमा ल्याउनका लागि इक्शाले नै सहयोग साथ दिएकी हुन्। इक्शा लामो समयदेखि एरिजोनामा रहेर अनलाइन व्यापार गर्दै आएकी छन्। एरिजोनामा कल्पना ढाका बुटिकको शोरुम सञ्चालनसँगै नेपाली परम्परागत ढाका पहिरनको प्रर्वद्धनमा आफूलाई थप सहयोग पुगेको कल्पनाले सुनाइन्। शोरुप उद्घाटनपछि कल्पनाले भनिन्, ‘आज म एकदमै खुसी छु। ढाका कपडाको प्रवद्र्धनकै क्रममा यहाँ आएपछि शोरुम सञ्चालनमा ल्याउन सफल भएकी छु।’

अनलाइनमा कुरा गर्दै द हाइल्याण्ड आर्ट तथा ढाका बुटिककी प्रोपाइटर कल्पनाले भनिन्, ‘अमेरिकामा पनि ढाका पहिरनको व्यवसायिक सम्भावना राम्रो पाएँ।’ उनले आफ्नो विगतका दुःख र मिहिनेतको स्मरण गर्दै भनिन्, ‘यहाँसम्म आउनका लागि मैले धेरै दुःख गरेकी छु। निरन्तर मिहिनेत र दुःख गरेकै कारण अहिले आफ्नो उद्देश्यप्रति केही हद सफल हुँदै आएकी छु।’

Kalpana dhaka boutique in USA

हुन पनि आधुनिककरणको विकास र विश्व फेसन बजारमा आएको क्रान्तिबीच कल्पनाले हाते तानबाट बुनेको नेपाली ढाका पहिरनलाई पनि स्थापित गर्न सफल हुँदै आएकी छन्। कुनै समय ढाका भन्नेवित्तिकै पुर्वेली विशेषगरी राई, लिम्बू तथा ‘किराती पहिरन’को घेराभित्र समित राखिथ्यो। तर, अहिले आमनेपालीले मात्र नभएर विश्वमै ढाका पहिरन चलनचल्तीमा आउन थालेको छ।

सेलिब्रेटीका लागि समेत ढाका परिहन रोजाई बन्न थालेको छ। यसको श्रेय द हाइल्याण्ड आर्टकी कल्पनालाई नै जान्छ। यो कुरा कल्पना पनि स्वीकार्छिन्। ‘हो गाउँघरमै मात्र सिमित राखेको भए ढाका कपडाले यो व्यापकता अवश्य पाउँदैनथ्यो होला’, कल्पनाले सुनाइन्, ‘तर, एकदिन कसो ढाकाको पनि फेसन ट्रेन्ड नबन्ला भन्ने लागेर निरन्तर म लागिरहेँ। अहिले आएर ट्रेन्ड नै बनेको छ। यसैमा खुसी छु।’

काठमाडौको गोकर्णबाट करिब ढेड दशकअघि सुरु भएको द हाइल्याड आर्ट तथा कल्पना ढाका बुटिकको दायरा बेल्जियम, सिंगापुर, अमेरिका हुँदै अनलाइनमार्फत ग्लोबल बनेको छ। यसले अवश्य कल्पनालाई मात्र खुसी दिलाएको अवश्य छैन जबकि ढाका पहिरनको पारखीहरु पनि पक्कै खुसी हुनपर्छ।

SUBSCRIBE 👉