फ्लाईटेक इन्टरनेशनल यस वर्षको ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड–२०१७’ मा छनोट भएको छ। विश्वप्रशिद्ध कम्पनीहरुलाई केही वर्षयता प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेक छनोट भएको हो।
लामो समयदेखि एयरहोस्टेस उत्पादन गर्दै आएको पुतलीसडकस्थित फ्लाईटेक यसपटक ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’मा परेको फ्लाईटकका प्रबन्ध निर्देशक नाजिर हुसैनले जानकारी गराए। उनका अनुसार यो अवार्ड आगामी आउँदो २१ र २२ अक्टुबरमा फ्रान्सको राजधानी पेरिसमा प्रदान गरिँदैछ।
‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ अवार्डमा विश्वका चर्चित तथा गुणस्तरिय कम्पनीहरु मात्र छनोटमा पर्ने गरेको छन्। यस अवार्डमा कम्पनीहरुलाई गुणस्तरिय, विजनेश ट्रेडमार्क, टेक्नोलोजी र खोजमूलक उत्पादनको आधारमा प्रदान गरिन्छ।
यो अवार्ड गुणस्तरिय, नेतृत्व, योजना र लक्ष्यलगायत १३ विधामा प्रदान गरिँदै आएको छ। यस्तै, फ्लाईटेक कुसल नेतृत्व तथा गुणास्तरिय उत्पादन अन्तर्गत अवार्डमा परेको हो।