श्रीमान् निर्देशक श्रीमति निर्माता । फिल्म निर्माण गर्दै जी.पी. र उषा


टेलिभिजन कार्यक्रम, बिज्ञापन र सांगीतिक क्षेत्रमा परिचित मिडिया पर्सनालिटी जी.पी तिमल्सेना अब फिल्म निर्देशनमा समेत अघि सरेका छन्। उनको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आउँदै जाँदै’ घोषणा गरिएको छ। राजधानीमा एक भब्य कार्यक्रमका बिच फिल्म निर्माणको घोषणा गरिएको हो।

सन् २००० कि मिस नेपाल उषा खड्गीले यो फिल्म निर्माण गर्न लागेकी हुन्। उनि निर्देशक जी.पीकी श्रीमति हुन्। १ करोड निर्माण बजेट छुट्याइएको फिल्ममा उषालाई सन्तोष अधिकारी र मनोज श्रेष्ठ भडेलले लगानीमा सघाउदै छन्।

युवापुस्ता माझ हुने आकर्षण, प्रेम र बिछोडको पीडाको कथामा बन्न लागेको फिल्म रोमान्टिक कमेडी जनरामा निर्माण हुने बताईएको छ। यो फिल्म अन्य फिल्महरुभन्दा फरक नभय पनि दर्शकहरुलाई मनोरञ्जनको साथमा सन्देश दिने प्रयास फिल्मले गर्ने कुरा निर्देशक तिमल्सेनाले बताए।

तिहारपछि फ्लोरमा जाने फिल्मका लागि अहिलेसम्म मुख्य कलाकार फाइनल भएका छैनन्। कार्यक्रममा बोल्दै निर्देशक तिमल्सेनाले भने, ‘केही कलाकारहरुसँग कुरा भैरहेको छ। केही दिन भित्रमा नै मुख्य कलाकार फाइनल गर्नेछौं।’

सामिप्यराज तिमल्सेना र प्रज्ञान थापाले फिल्मको कथा लेखेका हुन्। कौशल्या फिल्मस्को ब्यानरमा फिल्म निर्माण हुने यो फिल्मको छायाँकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिने र केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि हुने बताईएको छ।

SUBSCRIBE 👉