‘रोमियो एण्ड मुना’को तीज गीत डानसमा को एक नम्बर ?


नेपाली नारीहरुको पर्व हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘रोमियो एण्ड मुना’को ‘डानसमा म एक नम्बर’ बोलको गीतको भिडियो गरिएको छ। भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सृष्टि श्रेष्ठ, सुस्मा कार्की र मेनुका प्रधान लगायत कलाकारहरु फिचरिङ छन्।

कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा संगीतकार क्षेत्री, मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर सुन्न सकिन्छ। गीतका कोरियोग्राफर गोविन्द राई हुन्।

‘डानसमा म एक नम्बर’ – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

नरेश कुमार केसीको निर्देशन रहेको फिल्म ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ शिर्ष भूमिकामा छन्। गत वर्ष प्रदर्शन भएको अनमोल केसी अभिनित फिल्म ‘गाजलु’बाट नेपाली रजतपटमा भित्रिएकी सृष्टिको यो दोस्रो फिल्म हो।

पि एमजी पिक्चर्स र भि मोसन पिक्चर्सको संयुक्त प्रस्तुती रहेको फिल्मका निर्माता प्रशन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ हुन् भने दिपाङ्कर सिक्दर र बाबु श्रेष्ठले फिल्म खिचेका हुन्। माघ २६ गतेलाई रिलिज कन्फर्म गरिएको यो फिल्मको अझै दुई वटा गीत र केही दृश्यहरु खिच्न बाँकी छन्। फिल्मको अधिकांश छायाँकन धरानमा गरिएको हो।

SUBSCRIBE 👉