डान्स आइकन दाङ (डिआईडि) सिजन-२, नेपालगंज बाँके-अडिसन


डान्स आइकन दाङ (डिआईडि) सिजन-२, नेपालगंज बाँकेको अडिसन राउन्ड बाट २३ जना प्रतिस्पर्धी सहभागीहरु छनौट भएका छन्।

डि टेन इन्टरटेन्मेन्ट प्रा.लिले आयोजना गरेको राष्ट्रिय स्तरको नृत्य बिद्याको प्रतिस्पर्धात्मक महाभिडन्त को सिजन २ को शनिबार नेपालगंजमा सम्पन्न पहिलो अडिसनबाट २३ जना छनौट भएको डान्स आइकन दाङ (डिआईडि)का संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिएका छन्।

स्थानीय होटलमा सम्पन्न भएको यो अडिसनमा कुल १ सय दुई जनाले प्रतिस्पर्धामा भाग लिएका थिए। ति मध्यबाट निर्णायकहरु डान्स आइकन दाङ सिजन १ का जज राण्न्ड टपर रितेश गौतम, डान्स किङ्ग कुबेर वलि र सविन नेपालीबाट २३ प्रतिस्पर्धी सहभागीहरु चुनिएका हुन्।

डान्स आइकन दाङ सिजन-१ को सफलतापछि सिजन-२ लाई राष्ट्रव्यापि बनाईएको हो। बुटबल देखि धनगढि सम्मका १८ जिल्लाहरुमा अडिसन लिई अन्तिम प्रतिस्पर्धा गराइने छ। अब अर्को अडिसन भाद्र १६ गते तुलसिपुर, १७ गते लालमटिया र १८ गते घोराहीमा लिइने भएको छ।

SUBSCRIBE 👉