बाढी प्रभावित क्षेत्रमा पुगे सिताराम कट्टेल ‘धुर्मुस’


Sitaram Kattel Dhurmus

चर्चित हाँस्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन्। ‘धुर्मुस सुन्तली फाउन्डेशन’ का तर्फबाट सहयोगमा जुट्नका लागि उनि महोत्तरी पुगेका हुन्। उनले औषधी, खाद्यान्न, त्रिपालसहित आफू बाढी प्रभावित सबै क्षेत्रमा पुग्ने र राहत वितरण गर्न त्यसतर्फ लागेको बताएका छन्।

महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका क्षेत्र प्रभावित भएका छन्। यी सबै क्षेत्रमा पुगेर तत्काल गर्नुपर्ने सहयोग गर्ने उनले बताएका छन्। उनले सबै कलाकार र सहयोगी दाताहरुलाइ यो अभियानमा सहयोग गर्न र एकजुट भएर अगाडि बढ्न पनि आग्रह गरेका छन्।

साथै उनले धुर्मुस सुन्तली फाउन्डेसनको अफिसियल फेसबुक पेज मार्फत ब्यक्तिगत तथा संस्थागत रुपमा सहकार्य गर्न चाहनुहुनेहरुलाई सम्पर्क गर्न समेत अपिल गरेका छन्।


SUBSCRIBE 👉