‘भुईंमान्छे’को प्रिमियर शो । चलचित्र कर्मीहरुको बाक्लो उपस्थिति


भाद्र २ गते रिलिज हुने चलचित्र ‘भुईंमान्छे’को प्रिमियर शो गरिएको छ। मंगलबार साँझ बिग सिनेमामा गरिएको प्रिमियरमा चलचित्र कर्मीहरुको बाक्लो उपस्थिति थियो। सिनेमा हलको सिट क्षमता भन्दा बढी पाहुनाहरु उपस्थिती हुँदा धेरैले भुईंमै बसेर चलचित्र हेर्नु पर्यो।

फरक कथावस्तु उठान गरिएको चलचित्रमा रमेश बुढाथोकी र सिपोरा गुरुङ मुख्य भूमिकामा छन्। लामो समय कलाकारिता क्षेत्रमा बिताएका बुढाथोकीको अभिनयको धेरैले तारिफ गरे। रोहिणी भट्टराई निर्मित यो चलचित्रका निर्देशक नवराज बुढाथोकी हुन्।

SUBSCRIBE 👉