‘ग्याङस्टर ब्लुज’ प्रिमियरमा जे देखियो!


शुक्रबार (भोलि भदौ २) देखि प्रदर्शन हुन लागेको चलचित्र ‘ग्याङस्टर ब्लुज’को राजधानीमा प्रिमियर शो गरिएको छ। चाबहिल स्थित सिनेमा ‘एफ क्युब’को तिन हलमा दर्शकहरुको बाक्लो सहभागिता रहेको थियो। निर्धारित समय भन्दा केहि समय ढिला सुरु भएको प्रिमियर शोमा चलचित्र पत्रकार,चलचित्र कर्मी र चलचित्र निर्माण युनिटका आफन्तहरुको भिड देखिन्थ्यो।

मिस नेपाल निकिता चन्दक, मिस नेपाल सेकेन्ड रनरअप नीति शाह, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रिमा विश्वकर्मा, आष्मा डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो।

चलचित्रमा आशिरमान देशराज श्रेष्ठ, नायिका आना शर्मा र नव-नायिका रोजिशा शाहीको मुख्य भूमिका छ। आनालाइ दर्शकले चलचित्रमा आशिरमानकी प्रेमिकाको भूमिकामा देख्न सक्नेछन् भने रोजिशा ग्याङस्टारको भूमिकामा देखिएकी छिन्।

प्रिमियर शोमा अधिकांशले चलचित्रको तारिफ गरे। फिल्मको कथावस्तु, प्रस्तुती तथा गीत संगीतलाई रुचाइएको छ। फिल्मका मुख्य कलाकार आशिरमान देशराज श्रेष्ठ र आना शर्माको केमेष्ट्रीले पनि राम्रो प्रतिक्रिया पाएको छ। हेमराज बिसी निर्देशित चलचित्र ‘ग्याङस्टर ब्लुज’ एउटा रिभेन्ज स्टोरी हो।

चलचित्रमा आशिरमान देशराज जोशी, आना शर्मा, संयम पुरी, रोजिषा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्माताको रुपमा मनिष पण्डित रहेका छन् । भने, हेमराज विसी र सरोज न्यौपानेले चलचित्रमा लगानी गरेका हुन्।

तस्विरहरु: महेश प्रधान

SUBSCRIBE 👉