बाढि पिडितलाई राहत बाँड्दै, चितवनमा पुजा र सुदर्शन


पछिल्लो समय चर्चामा रहेकी नायिका पुजा शर्मा बिहिबार चितवनको रत्ननगर ५ स्थित बाढि प्रभावित सुकुम्बासी बस्तीमा पुगिन्। केहि दिन अघिको बाढिका कारण गास र बास नै उजाडिएका सुकुम्बासी बस्तीका स्थानियकालागी राहत बोकेर पुजा चितवन पुगेकी हुन्। उनले सुकुम्बासी बस्तीमा खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामाग्रि हस्तान्तरण गरेकी छिन। गत साउन २८ गते राप्ति नदिमा भीषण बाढि आएपछि उक्त सुकुम्बासी बस्ती पुर्ण रुपमा डुबानमा परेको थियो।

फिल्मकी नायिकाबाट त्यहाँका करिब ६० घर सुकुम्बासीहरुले राहत पाएका छन। पुजा आफ्नै हातले बाढि पिडितहरुलाई राहत हस्तान्तरण गरिरहँदा भावुक देखिइन। सुकुम्बासी बस्तीको अवस्था र स्थानीयहरुको पीडाले उनी आफैलाई दुखेको बुझ्न सकिन्थ्यो।

‘घरहरु अझै हिलाम्य छन, खाने कुरा छैन, लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छ’ पुजाले सुनाइन। सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पनि पुजाको यो कामले पाठ सिकाउने उनीसँगै राहत बोकेर पुगेका निर्देशक सुदर्शन थापा बताउछन। उनले जति सकिन्छ आ-आफ्नो स्थानबाट सबैले पिडितलाई सहयोग गर्नुपर्ने बताए।

आफ्नो फिल्म हलमा लाग्दा लाइन लागेर हेर्न आउने दर्शकहरुको जस्तोसुकै समस्यामा साथ दिनुपर्ने पुजाको भनाई छ। बाढि आए लगतै फेसबुकबाटै प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी पुजाले अन्य कलाकार तथा सिनेकर्मीले पनि गफ नभई काम गरेर देखाउनुपर्ने बताइन। बाढिले प्रभावित जनतालाई अझै थप राहत बितरण गर्ने उनको योजना छ।

पुजा र सुदर्शनसँगै राहत बाँड्न पुगेका निर्देशक शोभित बस्नेतले पुजाको कामको खुलेर तारिफ गरे। पुजाबाटै पाठ सिकेर अन्य कलाकर्मीहरु पनि सहयोगमा जुट्न सिनियर निर्देशक बस्नेतले आग्रहसमेत गरे।

SUBSCRIBE 👉