म्युजिक खबर म्युजिक अवार्डको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक


music-award-2014

3rd Music Khabar Music Award

ग्ल्यामर नेपाल, काठमाडौं । गीत संगीतको सरलीकरण आम श्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘तेस्रो म्युजिक खबर म्युजिक अवार्ड २०१४’को उत्कृष्ठ पाँचमा परेका श्रष्टाहरुको नाम सार्वजनिक गरिएको छ। संगीत र फिल्म सम्बन्धी अनलाइन पत्रिका म्युजिक खबर डटकमले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको अवार्डको २९ विधाको मनोनयन सार्वजनिक गरिएको हो।

मनोनयन सार्वजनिक गर्दै अवार्ड कार्यक्रम निर्देशक शान्तिप्रियले नेपाली गीत संगीतको प्रबद्र्धन एवं सम्बद्र्धन होस् तथा मौलिक गीत संगीतले अझ प्रश्रय पाउन सकोस् भन्ने कामनाका लागि अवार्ड गर्न लागिएको बताए। अवार्डका अध्यक्ष सुमन बैरागीले विगतको जस्ता यसपटक पनि अवार्ड कार्यक्रमलाई पारदर्शी र प्रभावकारी बनाउन कुनै कसुर बाँकी नराखेको बताए।
Music Khabar (1)
आयोजकका अनुसार राष्ट्रिय गीत, पप गायन, पप संगीत, लोकदोहोरी शब्द, लोकदोहोरी भाका, लोकदोहोरी गायिका, लोकदोहोरी गायक, लोकदोहोरी नवप्रतिभा, लोकदोहोरी म्युजिक भिडियो मोडल महिला / पुरुष, लोकदोहोरी म्युजिक भिडियो निर्देशक, लोकगीत, चलचित्र गीतकार, पाश्र्व गायिका / गायक, चलचित्र संगीतकार, गजल, युगल गायन, सुगम संगीत नवप्रतिभा, मिक्सिङ, एरेञ्जर, सुगम संगीत म्युजिक भिडियो मोडल महिला / पुरुष, म्युजिक भिडियो निर्देशक सुगम संगीत, सुगम संगीत गीतकार, सुगम संगीत गायक / गायिका, सुगम संगीत संगीतकार र सुगम संगीत एल्बम विधामा अवार्ड प्रदान गरिनेछ।

सर्वोत्कृष्ट पाँचको मनोनयन हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉