अभिनेत्री अनु शाह आमाको भूमिकामा । हेर्नुहोस् मातृत्व प्रेम झल्कने भिडियो


अभिनेत्री अनु शाहले आमाको भूमिका निर्वाह गरेकी, आमा र छोराबीचका ममतामयी प्रेममा आधारित गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हाँस भने…’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। गीतकार गुरुङले आफू र आफ्नो छोराका बाल्यकालको स्मरणमा यो गीत रचना गरेको उल्लेख गरेकी छिन्।

गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत तथा संगीत संयोजन छ। गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

भिडियोमा अभिनेत्री अनु शाह आमाको भूमिकामा देखिएकी छिन्। बाल कलाकार कुशाग्र भट्टराई तथा कलाकार भरतले उनका छोराको भूमिका निर्वाह गरेका छन्। यो म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्। हरि हुमागाईले खिचेको भिडियोका सम्पादक निशान घिमिरे हुन्।

SUBSCRIBE 👉