राहत वितरणमा नायक राजेश हमाल (तस्विरहरु)


नायक राजेश हमालले सर्लाहीका बाढी पिडितलाई राहत वितरण गरेका छन्। सर्लाहीको सकरौल, सिवनगर, बिनगर्राका पिडितले राहात नपाएको खबर सञ्चार माध्यमहरुमा प्रकाशित भएपछि राहत वितरण गर्न उनि सर्लाही पुगेका थिय। हमाल संगै सामाजिक अभियन्ता नविन यादव र सहयोगी राम ठाकुर पनि पुगेका थिय। हेर्नुहोस् तस्विरहरु :

हमालले करिब १ सय ५० घर परिवारलाई राहात वितरण गरे। प्रति परिवार २० किलो चामल, ५ किलो दाल, १ लिटर तेल, चाउचाउ र वृद्धवृद्धालाई ओढ्ने वितरण गर्नुभएको हो। हमालसँग बाढी प्रभावित क्षेत्रका वृद्धवृद्धाले अहिले सम्म समाजिक सुरक्षा भत्ता नपाएको गुनासो समेत गरे भने भत्ताको लागी आफुले पहल गरिदिने आश्वासन दिए।

SUBSCRIBE 👉