महिला गीतकार विष्णाको सन्ताप सार्वजनिक


Bishna Birahi Album Lunching
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सुगम संगीतमा पछिल्लो समयमा नारी गीतकारको प्रवेश क्रम ह्वात्तै बढेको छ। यो क्रमलाई निरन्तरता दिँदै वीरगञ्ज घर भई हाल राजधानीको बालुवाटार बस्दै आएकी गीतकार विष्णा विरहीले ‘सन्ताप’ नामक दोस्रो एकल एल्बम श्रोतामाझ ल्याएकी छन्।

वरिष्ठ संगीतकार तथा मेलोडी किङ शम्भुजित बास्कोटाको एकल संगीत रहेको एल्बम वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र महिला गीतकार संघकी अध्यक्ष उन्नति बोहोरा ‘शिला’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरे। एल्बममा ‘नजलाउ नजरको तापले’, ‘टुक्रिएका मनका कुना’, ‘चुमेर नजर नजरले’, ‘आज फेरी घरीघरी’, ‘किन आउँछौ परेलीमा’ र ‘धेरै नजिक नआउ तिमी’ बोलका गीत छन्। गीतमा जुना प्रसाई, दिपक लिम्बु, मिलन अमात्य, सत्यराज आचार्य, संगीता राणा प्रधान र आनन्द कार्कीको स्वर रहेको छ।

Bishna-Birahiबाल्यकालदेखि नै गीत लेखनमा रुचाउने उनले केही वर्ष अघि ‘विरह’ नामक एल्बम श्रोतामाझ ल्याईसकेकी छन्। ‘मेरो अहिलेको एल्बममा प्रेमका कुरा समेटिएका छन्,’उनले भनिन्,‘अरुको कथा व्यथाले छोएपछि मलाई गीत लेख्न फुर्ने गर्छ।’ उनको एल्बमलाई बंगलामुखी अडियो भिडियोले बजारमा ल्याएको हो।

SUBSCRIBE 👉