चलचित्र ‘रानी’को टिजर रिलिज: मलिनाको प्रेममा को बने जोकर?


मलिना जोशी र अनुप विक्रम शाही अभिनित त्रिकोणात्मक प्रेम कथा झल्काउने चलचित्र ‘रानी’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा दुई नयाँ अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ संग मलिनाजोशीको प्रेमलाई टिजरमा हेर्न सकिन्छ। चलचित्रका केहि दृश्य रकथाको ट्वीस्टलाई समेत टिजरमा समेटिएको छ।

यो चलचित्रमा अनुप विक्रम शाही एन्टागोनिस्ट रुपमा देखिएका छन् भनेर अनुमान लगाउन सकिन्छ। त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउनेमा अनुप देखिएका छन्।

भानु महर्जन प्रस्तुतकर्ता रहेको यो चलचित्रको कथा यम थापाले लेखेका हुन्। दयाराम दाहालले निर्देशन गरेको यो चलचित्रलाई पुरुषोत्तम प्रधान, सिसन बानिया र मान कृष्ण महर्जनले खिचेका हुन्। यो चलचित्रमा विजय घिमिरेको संगीत र अर्जुन जिसीको सम्पादन छ। बिमल मान गुभाजुले निर्माण गरेको यो चलचित्रको प्रदर्शन मिति कार्तिक २ तय भएको छ।

निर्देशक दयाराम दाहाल भन्छन – ‘मैले अघिल्ला चलचित्रको तुलनामा यो चलचित्रमा आफुले नै आफुलाई अपडेट गरेको छु। युवा-पुस्ताको प्रेम कथा भएकोले यसमा मैले नयाँअनुहारसंगै युवापुस्ताका अनुहारलाई कास्ट गरेको हु। सुक्ष्म मायालाई दर्साउँन खोजिएको यो चलचित्रमा युवापुस्ताले जसरि मायालाई लिईरहेको छन्, त्यसलाई पनि देखाउने कोशिस त छनै साथै मायाको महत्वबुझाउने प्रयास पनि गरेको छु।’

चलचित्रको टिजर हेर्नुहोस्

SUBSCRIBE 👉