सम्राज्ञी र सलिनको ‘ए मेरो हजुर २’ हेर्न दर्शकहरुको उत्साहजनक उपस्थिति


शुक्रवारबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ले बम्पर ओपनिङ गरेको छ। प्रदर्शनको पहिलो दिन फिल्मले देशभरबाट कूल ७८ लाख ग्रस कलेक्सन गरेको जानकारी आएको छ।

फिल्ममा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको मुख्य भूमिका छ।


ए मेरो हजुर २- रेड कार्पेट प्रिमिएर सो फोटो ग्यालरी हेर्नुहोस्


आज शनिवार सार्वजनिक विदा भएका कारण मल्टिप्लेक्स र सिंगल हलमा विहानैदेखि दर्शकको भिड देखिएको छ। काठमाडौंका मल्टिप्लेक्समा शुक्रवार साँझ नै शनिवारका लागि सबै शोको टिकट सोल्ड आउट भैसकेको छ।

फिल्म वितरक गोविन्द शाही र केदार पराजुलीका अनुसार उपत्यका भित्रबाट ‘ए मेरो हजुर २’ले कुल ४५ लाख ५० हजार र उपत्यका बाहिरबाट ३३ लाख २१ हजार गरि फिल्मले कूल ७८ लाख ८ हजार ७१ रुपैयाँ कलेक्सन गरेको छ।


ए मेरो हजुर २- रेड कार्पेट प्रिमिएर सो भिडियो हेर्नुहोस्


सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो। फिल्मलाई सन्जय लामाले खिचेका हुन्। बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।

SUBSCRIBE 👉