पोस्टरमा एस्तो देखियो रमेशको ‘ऐश्वर्य’


पछिल्लो समय फिल्म ऐश्वर्य सार्वजनिक गीत ‘तिमि रोएको पल’ का कारण चर्चामा छ (‘तिमि रोएको पल’ – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)। सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन्। गीतले चर्चा पाउदै गर्दा निर्माण टीमले फिल्मको टिजर पनि सार्वजनिक गरिसकेको छ (फिल्मको टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्)

यो पनि हेर्नुहोस् : बोल्ड दीपिकाकोलागि रमेश र प्रशान्तको टक्कर

निर्माण टीमले प्रचार प्रसारलाई तिब्रता दिदै केहि दिनमै ट्रेलर रिलिज गर्ने जानकारी दिएको छ। यसै क्रममा फिल्मको पोष्टर सार्वजनिक भएको छ। सार्वजनिक पोष्टर फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकार केन्द्रित छ।

डेब्यु अनुहार दीपिका प्रसाई सुपर मोडलको भूमिकामा छिन। केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ लगायतको पनि यो फिल्ममा अभिनय छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यो फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले लगानी गरेका छन्। कलाकार निर्मल शर्मा यो फिल्मको कार्यकारी निर्माता हुन्। दिवाकर भट्टराईको लेखन तथा निर्देशन यो फिल्म सुदीप वरालले खिचेका हुन्। फिल्म कार्तिक ९ मा रिलिज हुँदै छ।

यसो भन्छन फिल्मका निर्माता, निर्देशक र कलाकारहरु


रमेश उप्रेती अभिनेता निर्माता
फिल्मको सार्वजनिक गीत र टिजरले हामी उत्साहित छौ। टिजर सार्वजनिक भएसंगै फिल्मको विषयवस्तुलाई केहि हदसम्म दर्शकले बुझीसक्नु भएको छ भने यसलाई थप पोष्टरले प्रस्ट्याएको छ। कलाकारको रुपमा लामो समय बिताएता पनि निर्माताको रुपमा म डेब्यु गर्दैछु। यो फिल्मको कथा विल्कुलै फरक छ त म भन्दिन तर म र मेरो टिमले प्रस्तुतीकरणमा केहि फरक गर्ने प्रयास गरेका छौ। यहि भाद्रको लास्टसम्म सार्वजानिक हुने ट्रेलरले फिल्मको विषयलाई थप प्रस्ट्याउने नै छ।

दिवाकर भट्टराई , निर्देशक
फिल्मको सार्वजनिक गीत र टिजरले दर्शकला दिलाएको आशलाई हामीले निराशा परिणत हुन् दिनेछैनौ। किनकी यसमा हामी सपूर्ण टिमले गरेको मेहनतलाई गीत र टिजरमा देखिसक्नु भएको छ भने थप ट्रेलरले प्रस्ट्याउने नै छ। सार्वजनिक पोष्टरमा हामीले फिल्मको थिमलाई देखाउने कोसिस गरेका छौ। ऐश्वर्य , जसलाई हामी पैसा , पावर र मोजमस्ती जस्ता अर्थमा बुझ्ने गर्छौ त्यसलाई पाउन हुने दुइ पात्र विचको टसल नै पोष्टरको थिम हो।

प्रशान्त ताम्राकार
फिल्मको सार्वजनिक टिजरपछी आएको प्रतिक्रियाले म मात्र होइन मेरो टीम पनि उतिकै उत्साहित छौ। शुटिङमा गरिएका दुखले सफलता पाउदा मन खुसि हुनेरहेछ। मेरो पर्सनल कुरा गर्ने हो भने टिजरमा लुक्सको चर्चा पाएको छु। सबैले मन पराउने भएको छ र त्यसलाई पोष्टरले अझै उचाई दिएको छ भन्ने बुझाइ छ मेरो। अनि फिल्मको मेकिङ साचै नै नेपाली फिल्मको सस्तर भन्दा निकै माथि छ, जसलाई ट्रेलरले प्रस्ट्याउने छ।

दीपिका प्रसाईं
टिजर सार्वजनिक भएपछी मेरो भूमिकाबारे पनि अनुमान लगाईसक्नु भयो होला। त्यसैले पोष्टरमा पनि निरंतरता पाएको छ। गीत र टिजर आइसक्दा मलाइ सुखद प्रतिक्रिया प्राप्त भएका छन् भने फिल्मलाई लिएर उत्साह बढ्दो नै छ। फिल्म झैँ पोष्टरको पनि केन्द्र विन्दु बनेकी छु। फिल्मको घटनाक्रम मेरै कारण बढ्दै जान्छ।

SUBSCRIBE 👉