संगीतकार अर्जुन र शिव परियारको सहकार्यमा आयो ‘मेरो मायाले’


गायक शिव परियारको स्वर तथा आफ्नै लगानीमा निर्माण भएको ‘मेरो मायाले’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । भिमफेदी गाईज र नायिका स्वस्तिमा खड्का प्रस्तुत भएको भिडियोलाई बिकास सुवेदीले निर्देशन गरेका हुन् । गायक शिव परियारको ‘शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत सुन्न सकिन्छ। भिडियोको कोरियोग्राफी भिमफेदी गाईजले नै गरेको हो।

अहिले सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक शिव परियारले भिडियोलाई लिएर आफू निकै उत्साहित रहेको बताएका छन्। उनले भने, ‘मेरो सांगीतिक करिअरमा धेरै भिडियो निर्माण गरेको भएपनि यो भिडियोबाट मैँले सबैभन्दा धेरै खुशी महशुस गरेको छु।

SUBSCRIBE 👉