विभिन्न स्रष्टालाई नातिकाजी सम्मान र पुरस्कार


milan-amatya
ग्ल्यामर नेपाल, काठमाडौं । नातिकाजी स्मृति समाजले संगीत महर्षि नातिकाजीको ८९ औं वार्षिक स्मृति दिवसको अवसर पारेर विभिन्न स्रष्टालाई ‘नातिकाजी सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । राष्ट्रपति निवास शितल निवासमा मंगलबार आयोजित एक विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।

संस्थाका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाका अनुसार ‘नातिकाजी विशेष संगीत सम्मान’बाट गीतकार राजेन्द्र थापा, गायक ध्रुव के.सी. र संगीतकार शक्तिबल्लभ श्रेष्ठ, ‘नातिकाजी संगीत पुरस्कार’ बाट गीतकार डा.कृष्णहरी बराल, गायिका लोचन भट्टराई, संगीतकार न्ह्यू बज्राचार्य तथा ‘नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार’बाट गीतकार बसन्त चौधरी, गायिका मिलन अमात्य र संगीतकार हरि लम्साल सम्मानित र पुरस्कृत भएका छन् । पुरस्कृत स्रष्टाले ११ हजार १ सय ११ रुपैंयाँ प्राप्त गरेका छन्।

SUBSCRIBE 👉