प्रदिप संगै दुई नव-नायिका लिएर ‘लिलिबिली’को घोषणा


फिल्म ‘लिलिबिली’ को घोषणा गरिएको छ । कात्तिकको ७ गतेबाट बेलायत र स्कटल्याण्डमा छायांकन हुने फिल्मलाई निर्माता तथा निर्देशक मिलन चाम्सले निर्देशन गर्दै छन् । पाचौ चलचित्रको रुपमा निर्देशन गर्न लागेको यस फिल्ममा उनले मुख्य नायकको रुपमा भने पछिलो समय उदाएका नायक प्रदिप खड्कालाई लिएका छन् । जहाँ उनलाई साथ दिनेछिन् दुई नव-नायिका जसिता गुरुङ र रेविका गुरुङले।

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जनाकारी दिइएको फिल्म ‘लिलिबिली’मा मिलनको साथमा गोविन्द शाही र सुदिप खड्काको लगानी रहनेछ । कार्यक्रममा बोल्दै निर्माता शाहीले फिल्मको लागि प्रदिपले यो फिल्मको लागि २२ लाख पारिश्रमिक र थाइल्याण्ड तथा बर्माको राइट्स समेत लिएको बताए । बिग बजेटमा निर्माण हुन् लागेको फिल्मको अनुमानित बजेट २ करोड माथि राखिएको छ।

SUBSCRIBE 👉