आगोभित्र ताण्डव रुप


ग्ल्यामर नेपाल, काठमाडौं । सुन्दरी नायिका नम्रता श्रेष्ठलाई ‘कल गर्ल’का रुपमा प्रस्तुत गरिएको फिल्म ‘ताण्डव’ कस्तो बनेको होला ? त्यो हेर्न त यो वर्ष प्रतिक्षा गर्नैपर्छ। तर केही दिनअघि सार्वजनिक फिल्मको पोष्टरले चाहिँ फिल्मले ताण्डव नै मच्चाउने हो कि भन्ने आभाष दिन थालेको छ। हलिउड निर्देशक मुर्रे केरले निर्देशन गरेको यो फिल्मका निर्माता मोहन डोटेल हुन्। जसले यसअघि ‘बधशाला’ निर्माण गरेका थिए।

Laure - Tandab

Laure – Tandab

फिल्मको फष्ट लुकमा लाहुरे नामले परिचित गायक आशिष रानालाई प्रस्तुत गरिएको छ। जसले हातमा पेस्तोल लिएर ताकेका छन्। फिल्ममा रहेका प्रमुख कलाकारलाई पोष्टरमा प्राथमिकता दिइएको छैन। लाहुरे गीतको ¥यापिङमा पछिल्लो समय चर्चित रहेकाले पनि निर्माण पक्षले उनलाई बढी प्राथमिकता दिएको अनुमान लगाइएको छ। स्म्यासिङ एप्पलको व्यानरमा निर्मित ड्रग्स र ग्याङस्टारको कथा समेटिएको एक्सन थ्रिलरमा अनुप बराल, एलेन गुरुङ र विपिन कार्कीले पनि अभिनय गरेका छन्।

SUBSCRIBE 👉