बंगाली फिल्म ‘यति’ नेपाली भाषामा रिलिज हुने, ट्रेलर हेर्नुहोस्


बंगाली फिल्म नेपाली भाषामा स्वरांकन गरी पहिलोपटक व्यवसायिक रुपमा प्रदर्शन हुने भएको छ। सुनिल गंगोापाध्याको उपन्यास टेरर अन दी माउन्टेन पिक’मा आधारित यो फिल्मलाई गोपिकृष्ण मूभिजले देशब्यापी रुपमा रिलिज गर्न लागेको हो। प्रजनजित चटर्जी स्टारर यो फिल्म असोज ६ गते (२२ सेप्टेम्बर)बाट देशभर प्रदर्शन हुँदैछ।

यो बंगाली फिल्मले रहस्यमय हिम मानव यतिको अस्तित्व खोजीका लागि हुने अनुसन्धान र मानवीय संघर्ष बोल्छ। भारतको एसभीएफ इन्टरटेनमेन्टको निर्माणमा बनेको फिल्ममा नेपाली कलाकारहरुको पनि अभिनय छ। यो फिल्म बंगालको पहिलो थ्रीडी फिल्म हो।

फिल्मको ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉