पोस्टर : अमेरिकन बाबु मेड इन नेपाल


चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को फष्ट लुक पोस्टर बाहिरिएको छ। इश्वर थापाको निर्देशन तथा सम्पादनमा तयार भएको यो चलचित्र अमेरिकामा छायांकन गरिएको छ।

नेपाल र अमेरीकामा एक साथ रिलिजको तयारीमा रहेको यो चलचित्रमा इशान ढकाल, नन्दिता केसि, प्रवेश उप्रेती पल, प्रियंका आयर, अन्जली लामा, राजेश गुरुङ, रघु गिरि, सम्झना उप्रेती र बिषेश भुमिकामा बाबु बोगटीको अभिनय छ।

चलचित्रका गितमा बाबु बोगटी र ओम कर्मचार्यको संगित, सौरभ तिम्सिना, इश्वर थापा र ओम कर्मचार्य को गीत लेखन, सुरेन्द्र नकर्मिको लेखन रहेको अमेरीकन बाबु मेड इन नेपाललाइ शम्भु मोक्तानले छायांकन गरेका हुन्।

SUBSCRIBE 👉