रिवा लिम्वुको शिरमा मिस एयरहोस्टेस २०१७को ताज


मिस एयर होस्टेस २०१७ को उपाधि धरानकी १९ वर्षिय रिवा लिम्वुले जितेकी छिन्। ३४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनी चौथो सस्ंकरणको मिस एयर होस्टेस बन्न सफल भइन। लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र उपाधि सहित रु २५ हजार नगद र वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृक्ति हासिल गरेकी छिन्। साथै एभीयसन म्यूजीएममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरीन। यो प्रतियोगिता सिजन मिडियाद्धारा विगत ७ वर्ष देखि आयोजना गरिदै आएको छ।

सिजु सिंह ठकुरी मिस एयर होस्टेस २०१७ को फस्ट रनर अप भईन। उनले नगद रु १५ हजार र वेष्ट ड्रेसको उपाधी समेत हासिल गरिन भने, सेकेण्ड रनर अप मोनालिसा पाख्रीन भईन। उनले मिस पर्सनालीटीको अवार्ड पनि हातपारीन र नगद रु दश हजार साथै वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा रु १ लाख वरावरको छात्रावृति प्रदान गरिन।

अन्य अवार्डहरुमा अर्गनाइजर च्वाइस अवार्ड दिक्षा थापा, मिस ट्यालेन्ट अनु वुढा मगर, मिस फोटोजेनीक अस्मीता वुढाथोकी, वेस्ट स्माइल पुजा खत्री, मिस फेन्डसीप सुप्रीया थापा मगर, मिस डिसिपिललिन सपना जोसी, मिस पपुलर फुरलामु सेर्पा, मिस मल्टी मिडिया एलीना श्रेष्ठ, भिर्योस च्वाइस अवार्ड वर्षा चाम्लीङ राई र वेस्ट स्कीन विमु लिम्वुले हात पार्न सफल भए।

प्रतियोगीतामा मुख्य निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा, सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रो.डा. स्वागत श्रेष्ठ, हिमालय एयरका कोपाइलट गणीत केसी, सिता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल रहेका थिए।

SUBSCRIBE 👉