गायक सञ्जिव सिंहको ११ औं एकल एल्बम ‘गोरखपुर रेल’


लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सञ्जिव सिंहले आफ्नो ११ औं एकल गीति एल्बम ‘गोरखपुर रेल’ सार्वजनिक गरेका छन्। स्टेरियो रेकर्ड्सले यो एल्बम बजारमा उपलब्ध गराएको हो।

यो एल्बमको टाईटल गीत ‘गोखरपुर रेल’ मनै छुने म्युजिक भिडियो रिलिज गरिएको छ। नेत्रजंग पाण्डेले निर्देशन गरेको म्युजिक भिडियोमा मिलन मिश्र तथा अर्पणा रानाभाटले अभिनय गरेका छन्। बिनोद केसीले खिचेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन्। अस्ट्रेलियाको ब्रिसबेनस्थित गोल्डेन टाइम्स मिडियाले भिडियो यु ट्युव मार्फत रिलिज गरेको हो।

गोरखपुर रेल – म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

एल्बममा गायक सञ्जिव सिंहकै शब्द तथा संगीतमा पाँच गीतहरु छन्। गोखरपुर रेल, अन्तिम गीत, कलाकारको बलात्कार, यो हावाले तथा सम्झना आइ रह्यो शीर्षकका गीतहरु सुन्न सकिन्छ। सुदिप सिंहद्वारा संगीत संयोजन गरिएका एल्बमका गीतहरु ‘ट्यून्स ५८ स्टुडियो’मा रेकर्डिष्टद्वय मानिक मान सिंह तथा सुरज लाल जोशीले रेकर्ड गरेका हुन्।

गायक सिंहले यसअघि आकाशबाट, सोल, बेस्ट अफ सञ्जिव सिंह, अल्वेज, सेलेक्टेड सञ्जिव, अनप्लग्ड, सेलेक्टेड सञ्जिव सिंह, मुग्लान, मैच्याङ ज्यानमारा, तिमी र म जस्ता एकल गीति एल्बम सार्वजनिक गरिसकेका छन्।

SUBSCRIBE 👉