शर्मिलाले जितिन् मिसेस नेशनल आईकन उपाधि सँगै स्कुटर


‘मिसेस नेशनल आईकन २०१७’ को उपाधि शर्मिला तामाङले जितेकी छन्। शर्मिलाले उपाधिसँगै स्कुटी तथा नगद उपहार पनि प्राप्त गरेकी छन्। ब्राईट इन्टरटेनमेन्ट प्रालिको आयोजना पहिलोपटक सम्पन्न ‘मिसेस नेशनल आईकन’ मा फस्ट र सेकेण्ड रनरअप क्रमश जेनिफर बज्रचार्य र ख्लेमुहाङ राई भए भने थर्ड र फोर्थ रनरअप क्रमश अरुणा शेर्पा र स्मृति राई भएका छन्। उनीहरुले पनि नगद ७ हजार प्राप्त गरे।

बिबाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन आयोजना गरिएको भनिएको प्रतियोगिताको ब्युटि संयोजक सोनाम थुलुङ राई तथा कार्यक्रम संयोजक गणेश ईसाराले गरेका थिए। प्रतियोगिताको कोरियोग्राफी सञ्चारकर्मी एवं मोडल कला सुब्बाले गरेकी हुन्।

SUBSCRIBE 👉