जन्मदिनमा ‘धुर्मुस’ले थाले नयाँ एकिकृत वस्तीको निर्माण


हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो जन्मदिनको अवसर पारेर रौतहटको सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरेका छन्। सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरेका छन्।

५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्तीको निर्माण आउँदो माघसम्म बस्तीको सम्पूर्ण कार्य सकाउने लक्ष्य रहेको धुर्मुसले बताएका छन्। जहाँ माझी, मुसहर, हजाम र देशार समुदायका मानिसहरु बस्नेछन्। बाढीको चपेटामा परेका ति समुदायको जीवनस्तर उकास्नका लागि बस्ती निर्माण सुरु गरिएको सितारामको भनाई छ।

SUBSCRIBE 👉