१ महिनामा २४ लाख पटक हेरियो ‘तिमी रोएको पल’


Ramesh Upreti Dipika Prasai

तिहार संगै रिलीजको तयारीमा रहेको चलचित्र चलचित्र ‘एश्वर्य’ को एक गीत यतिबेला निकै चर्चामा छ । सार्बजनिक भएको १ महिनामै करिब २४ लाख पटक हेरिएको ‘तिमी रोएको पल’ को प्रतिक्रिया समेत उतिकै राम्रो छ।

गीतले सफलता पाइसकेको समयमा बुधबार चलचित्रको ट्रेलर समेत रिलीज हुदैछ। दर्शकबाट गीतले पाएको सकारात्मक प्रतिक्रियालाई ट्रेलरले कत्तिको सन्तुलनमा राख्न सक्ने हो त्यो भने हेर्न बाकी छ। गीतको सफलतालाई यदि ट्रेलरले कायम राख्न सक्यो भने चलचित्रले बक्स अफिसमा राम्रै ब्यापार गर्ने सक्ने अनुमान लगाउन सकिन्छ।

दिवाकर भट्टराईद्वारा निर्देशित तथा लिखित चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाईं, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ। सुदीप बरालले खिचेको यो चलचित्रमा अर्जुन श्रेष्ठ र कृष्ण राना उप्रेतीले मिलेर लगानी गरेका छन्। चलचित्र कार्तिक ९ गतेबाट अल नेपाल प्रदर्शन हुँदै छ।

SUBSCRIBE 👉