बुद्ध लामा बने ‘नेपाल आइडल’ विजेता । निशान र प्रताप दोस्रो र तेस्रो स्थानमा


कतारको, दोहामा सम्पन्न नेपाल आइडलको ग्राण्ड फिनालेमा पोखराका बुद्ध लामा बिजेता घोषित भएका छन्। बिजेता भए सँगै उनले नगद २० लाख सहित कार र अन्य थुप्रै उपहारहरु प्राप्त गरेका छन्। २० वर्षीय बुद्धको पुर्खोली घर धादिङ भएता पनि बुद्ध आफ्नो परिवारसँगै पोखरामा बस्दै आइरहेका छन्।

नेपाल आइडलको दोस्रो विजेता निशान भट्टराई बनेका छन्। मोरङका निशान केही समय देखि काठमाडौँमा बसोबास गर्दै आइरहेका छन्। निशानसँगै अर्का प्रतिस्प्रर्धी प्रताप दास तेस्रो बिजेता भएका छन्।

तस्विर सौजन्य : वेभ म्यागजिन

SUBSCRIBE 👉