सांगीतिक सत्यदिप अन्तिम चरणमा


satyadip-movie-photo-2
ग्ल्यामर नेपाल, काठमाडौं। संगीतको माध्यमबाट समाजका विकृती बिरुद्ध आवाज उठाउन सकिन्छ र परिवर्तन पनि गर्न सकिन्छ भन्ने सन्देश बोकेको फिल्म ‘सत्यदिप’ को छायांकन अन्तिम चरणमा पुगेको छ।

एक दशकदेखि फिल्ममा सहायक निर्देशकको रुपमा काम गर्दै आएका निर्देशक पुष्कर घिमिरेको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको काम केही प्रतिशत मात्र बाँकी रहेको छ। ‘फिल्मको अब केही दिनको मात्र छायांकन बाकी रहेको छ,’ निर्देशक घिमिरेले भने,’ ‘दुई गीत र केही दृश्य मात्र बाँकी छ।’
satyadip-movie-photo-3
फिल्ममा छ वटा गीत समाबेश गरिएको छ। गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन्। ‘यो सांगीतिक लबस्टोरी फिल्म हो,’ पोखरेलले भने, ‘त्यसैले मैले पनि संगीतमा उत्कृष्ठता दिने कोसिस गरेको छु।’ गीतमा गीत सुगम पोखरेल, स्वरुपराज आचार्य, अञ्जु पन्त, सुमन सिङदा तामाङ लगायतको स्वर रहेको छ।

satyadip-movie-photo-1एस.बि.आर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता बिनयराम श्रेष्ठ हुन्। फिल्ममा रवि गिरी, उमा बेबी, दिव्येश्वर गौतम, सविना केसी, श्याम केसीलगायतका कलाकारको अभिनय रहने छ। फिल्ममा कमल राईको नृत्य, अष्ट महर्जनको द्वन्द्व र शम्भु सापकोटाको छायांकन रहेको छ। फिल्म तिहारको अवसर पारेर रिलिज हुने निर्माता श्रेष्ठले जानकारी दिए।

SUBSCRIBE 👉