थुप्रै कभर भिडियोहरु बनिसकेको ‘रोमियो’को ‘ल्याङ्ग ल्याङ्ग’ गीतको अफिसियल भिडियो रिलिज


एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोमियो’को प्रदर्शन मिति परिवर्तन संगै एक गीतको भिडियो पनि रिलिज गरिएको छ। यु ट्युबमा हिट भैसकेको ‘ल्याङ्ग ल्याङ्ग’ बोलको यो गीतको केही कभर भिडियोहरु पनि निर्माण भैसकेका छन्। ओर्जिनल भिडियो सार्वजनिक गर्दै निर्माता हसन खानले चलचित्रको प्रचारलाइ तिव्रता दिने भएका छन्। कात्तिक १७ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब कात्तिक २४ गतेबाट रिलिज हुने भएको छ।

सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर, सुनिलकै संगीत रहेको यो गीतको भिडियोमा केही फरक प्रयास गरिएको छ । गम्भिर बिष्टले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन्।

चलचित्रमा हसनराज खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ। गीतको भिडियोमा भने नायिका अशिष्मा नकर्मी र नायक संजोग कोइरालालाइ अतिथी कलाकारको रुपमा फिचरिङ गरिएको छ। साथमा, चलचित्रका मुख्य कलाकार हसन र ओसिमालाइ पनि गीतको भिडियोमा देख्न सकिन्छ।

‘ल्याङ्ग ल्याङ्ग’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

चलचित्रमा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ। शंकर कार्कीले चलचित्रको निर्देशन गरेका हुन्। एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रका सह–निर्माता बिष्णु कार्की छन्। मिलन सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन्। चलचित्रले त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको छ।​

SUBSCRIBE 👉