‘डमरुको डण्डीबियो’ बन्ने, खगेन्द्र लामिछाने संग मेनुकाको जोडी


राष्ट्रिय खेल डण्डीबियोको कथामा फिल्म ‘डमरुको डण्डीबियो’ बन्ने भएको छ। काठमाडौँको मुटु दरबारमार्गमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो।

लेखक छेतन गुरुङको निर्देशन र लेखनमा बन्न लागेको चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धि तामाङ, अंकित खड्का लगायतका कलाकारको अभिनय रहने छ।

छेतनले यस अघि केहि चलचित्र लेखिसकेका छन् भने निर्देशनमा पहिलो कदम हो। सुमी श्रेक्ष्ठ घले र विनोद गुरुङको संयुत्त लगानीमा निर्माण हुन लागेको फिल्म चैतमा रिलीजमा आउने बताइएको छ।

SUBSCRIBE 👉